युनेस्कोको कविता प्रतियोगितामा कवि सिग्देल प्रथम 

काठमाडौं: कवि एवं 'शब्दपथ' डिजिटल पत्रिकाका प्रवन्ध सम्पादक मुरारि सिग्देल  युनेस्कोद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम भएका छन् ।
५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा सिग्देल प्रथम भएका हुन । उक्त प्रतियोगितामा श्रीषा पाण्डे द्वितीय र बिराटविजय ओझा तृतीय भएका छन् । 
पुरस्कृत कविहरुलाई शिक्षाराज्य मन्त्री प्रमिलाकुमारीले पाँच हजार बराबरको शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गरेकी थिइन । 

यसैगरी उक्त  कार्यक्रममा कलाकार लूनिभा तुलाधर 'पवनकली'ले  सचेततना मूलक एकल नाटिका प्रस्तुत  गरेकी थिइन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै