वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा  विभागिय एपिएफ च्याम्पियन

ललितपुरः जिल्ला खेलकुद विकास समिती ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान ४ स्वर्ण, रजत र कास्य पदकका साथ एपिएफ च्याम्पियन बनेको हो ।

३ स्वर्ण, १ रजत र ४ कास्यका साथ अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब दोस्रो र २ स्वर्ण र १ रजत पदकका साथ फाइट क्लब तेस्रो भएको छ । स्ट्रोङगेस्ट एमटीकी सुष्मा चौधरी महिलातर्फ र सो क्योकोशिनका सागर दर्जी पुरुषतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए ।

सुष्मा महिला ५५ केजी र सागर पुरुष ६० केजजीका स्वर्ण पदक विजेता खेलाडी हुन् । उत्कृष्ट दुवैले समान २५ हजार रुपैयाँ प्राप्त गरे एपिएफकी गौरी घर्तीमगर उदयीमान खेलाडी छनोट भइन् । टिम च्याम्पियन एपिएफले १ लाख, उत्कृष्ट मार्च पास टोली समेत घोषित भएको उपविजेता आर्मीले ५० हजार र फाइट क्लबले २५ हजार रुपैयाँ प्राप्त गरे ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा महिला र पुरुषमा समान ६ वटा गरि कुल १२ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । हरेक तौल समूहको विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रा भएका दुई खेलाडीले समान ८ हजार रुपैयाँ प्राप्त गरे ।

महिलमा ४५ केजी , ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी र खुल्ला गरी ६ तौल तथा पुरुषमा ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी ,७० केजी र खुल्ला तौल गरी ६ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा देशभरका २ सय ८१ खेलाडीको सहभागिता थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए । बाग्मती प्रदेश सांसद मीनकृष्ण महर्जनको परिकल्पनामा भएको प्रतियोगिताका सहभागी खेलाडी र अतिथिलाई जिल्ला खेलकुद विकास समिति र ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले धन्यवाद दिए ।

वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडी

महिलातर्फ

४५ केजी तौल समूह
स्वर्ण – रिना माझी (थेचो)
रजत – सलिना राई (थेचो)
कास्य – सिमा कुँवर(चापागाउँ) र लिलाकुमारी सापकोटा (एपिएफ)

५० केजी तौल समूह
स्वर्ण – सुष्मा चौधरी (स्ट्रोङगेस्ट)
रजत – दीपा शाही (एपिएफ)
कास्य – कमला बोहोरा (एपिएर्फ) र डोल्मा बोम्जन (माकवानपुर ओका)

५५ केजी तौल समूह
स्वर्ण – विद्या गुरुङ (एपिएफ)
रजत – अनुपा नेपाली (आर्मी)
कास्य – सपना आले (आर्मी) र उर्मिला थिङ (माकवानपुर ओका)

६० केजी तौल समूह

स्वर्ण– निशा बिके (एपिएफ)
रजत – अप्सारा कुमाल (आर्मी)
कास्य – अनिषा तामाङ (भक्तपर केबिसी) र चन्दा भुजेज (आईकेकेएफ)

६५ केजी तौल समूह

स्वर्ण – शिवानी श्रेष्ठ(फिटजेन)
रजत – सुनिता बिके (एपिएफ)
कास्य– शोभा अधिकारी (आर्मी) र विभा गुरुङ (चापागाउँ)

खुला तौल समूह
स्वर्ण – मन्जु बिके (आर्मी)
रजत – मनिता राई (एपिएफ)
कास्य – दुर्गा महतारा (चापागाउँ) र रोजिना भुजेल (भक्तपुर केबिसी)
पुरुषतर्फ

५० केजी तौल समूहतौल समूह

स्वर्ण– धमेन्द्र राम (आर्मी)
रजत – अनिष परियार (एपिएफ)
कास्य – सुनिल तामाङ (काल भैरव ) र यामराज थापा (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – तीर्थराज थापा (फाइट क्लब)
रजत – एलिस बोम्जन (एनके बुदोकैदो)
कास्य – लक्पा तामाङ गोकर्ण र गुमान घर्तीमगर (चितवन)

६० केजी तौल समूह

स्वर्ण – साागर दर्जी (सो क्योकोशिनका)
रजत – पेमा छिरिङ (एपिएफ)
कास्य – लक्ष्मण श्रेष्ठ (काभ्रे)र सिरुश भुजु (भक्तपुर केबिसी)

६५ केजी तौल समूह

स्वर्ण – अर्जुन केसी
रजत – डाइमण्ड राई (फाइट क्लब)
कास्य – अमर सुनार (एपिएफ) र महेन्द्रबहादुर चन्द (सुदूरपश्चिम)

७० केजी तौल समूह

स्वर्ण – सन्नी सिंह (आर्मी(
रजत – सविन डिमडुङ (बुसिडो एमएमए)
कास्य – राजेश रायमाझी (हरिसिद्ध) र अशुतोष मुल्मी

७५ केजी तौल समूह

स्वर्ण – अनिष शाही (एपिएफ)
रजत – आशिष तामाङ (स्ट्रोङगेस्ट)
कास्य – जेनिश सिंह (सुदूरपश्चिम) र मिलन तामाङ (आर्मी)

खुला तौल समूह

स्वर्ण – साजन तामाङ (फाइट क्लब)
रजत – गणेश श्रेष्ठ
कास्य – सन्जिप महर्जन (एपिएफ) र सृजन थापा (काभ्रे)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै