काठमाडौंः  नेपाली बजारमा सोमबार सनुचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै