काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
अहिले केही बेरमा बस्ने बैठकले नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट राजकीय सम्मानका साथ निकाल्ने निर्णय गर्नेछ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ केहीबेर अघि अस्पताल पुगेर तत्काल शव पार्टी कार्यालय नलैजान आग्रह गरेको एक नेताले बताए ।
अस्पतालबाट पार्टी कार्यालयसम्म राजकीय सम्मानका लागि नेम्वाङको पार्थिव शरीर लैजाने बुझिएको छ ।नेम्वाङको हृदयघातबाट मंगलबार बिहान १ बजे निधन भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्