काठमाडौं : एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भदौ २३ गते धरानमा गरेको भाषण नै उनको जीवनको अन्तिम भाषण बन्यो । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला नेम्वाङले युवाहरूलाई सम्बोधन गरेका थिए ।
कोशी नामकरणको विरुद्धमा आन्दोलन गरिरहेका पहिचानवादीहरू प्रति लक्षित गर्दे नेम्वाङले ढुंगामुढा गरेरमात्रै पहिचान प्राप्त नहुने बताएका थिए । उनले भनेका थिए हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो रु’
अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका नेम्वाङले एमाले पहिचानवादी पार्टी भएको बताएका थिए । उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको स्मरण गरे ।
नेम्वाङले भनेका थिए,‘महागुरू फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरू हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ रु’
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन उद्घाटन गर्दै नेम्वाङ । नेम्वाङले पहिचानको ढुंगा खतरनाक भएको बताए । उनले भनेका थिए, ‘पहिचानका लागि हानिएको ढुंगा ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने, कस्तो खालको ढुंगा हो रु’ उनले ढुंगा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नहुने बताए ।
कोशी सरकार गठनको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘सभामुख संसदको रेफ्री भएको भन्दै फुटबलको रेफ्रीले गोल गरे के हुन्छ रु तर, साथीहरुले रेफ्रीलाई गोल हान्न लगाए । रेफ्रीलाई गोल गर्नु हुँदैन भन्यौ तर दोस्रो पटक पनि सभाअध्यक्ष गरेका व्यक्तिलाई मत हाल्न लाउनु भयो । तर, उहाँहरुले मान्नु भएन युवाहरू सम्झनुस् यो देश कसरी चलिरहेको छ । साथीहरूले कसरी चलाइरहनु भएको छ ।’
उनले लोकतन्त्रको मूल्यमान्यतालाई बलियो बनाएर जानु नै देश र जनताको हितमा हुने बताएका थिए । उनले धरानमा भनेका थिए, ‘तराई मधेशदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, संस्कृतिका जनता एक ठाउँमा उभिएकै कारण नेपाल सधैँ स्वतन्त्र मुलुक भनेर चिनिँदै आएको छ ।’
‘हामी सबैले भन्छौं, यो देश हेर्नोस् त, हाम्रो छिमेकी भारत दास बन्यो । तर, नेपाल हामी कहिल्यै पनि दासतामा परेनौं । स्वतन्त्र रह्यौं । र अहिले भर्खरै हामीले ८ वर्ष अगाडि संविधान बनायौं । जनताले जनताका लागि । राष्ट्रिय झण्डा पास गर्यौं । कुनै बेलामा यसका बारेमा तपाईहरूसँग बसेर छुट्टै छलफल गरौंला’, उनको भनाइ थियो ।
उनले युवा संघले आयोजना गरेको कार्यक्रम भव्य भएको बताएका थिए । काठमाडौं आजै ९भदौ २३ गते० पुग्नु परेकाले सबै कार्यक्रम हेर्न नपाएको बताए । उनले आफूलाई हतार भएको बताएका थिए ।
‘संसद कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद चलाउनका लागि काठमाडौं पुग्नुपर्छ । हामी जिम्मेवार प्रतिपक्षी भइनौं भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ’, नेम्वाङले बोलेका थिए ।
उनले संसदीय समितिहरू बनेको प्रसंग निकाल्दै संसद कसरी चलिरहेको छ भन्नेबारेमा सवै स्पष्ट भएको बताएका थिए । संसद चलेपछि कतिवटा विधेयक पास गर्यो रु संसदमा बिधेयक कसले ल्याँउछ रु सरकारले होइन रु सरकारले कतिवटा विधेयक दियो रु उनले भनेका थिए, सरकारले विजनेस नदिएपछि कसरी संसद चल्छ रु
राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा जाने क्रममा नेम्वाङसहितका नेता त्रिभुवन विमानस्थलमा । ९भदौ २३ गते बिहान०
कार्यक्रममा नेम्वाङले इलाम क्याम्पसमा स्ववियू सभापति भएको प्रसंगदेखि त्रिचन्द्र कलेजमा आइएस्सी पास गरेको स्मरण गरेका थिए । उनले आफू अखिलको नेतृत्वमा हुँदा झापा सुनसरी धनकुटा हुँदै इलाम पुगेको सम्झदै झापामा भएको हत्या काण्डको प्रसंग पनि सुनाएका थिए । उनले भनेका थिए प्रहरीले झापा हत्याकाण्ड भएको सुखानीमा अफूहरूलाई पक्राउ गरेर प्रहरीले २ घण्टा रोकेको सम्झना सुनाए ।
धरानप्रति ठूलो विश्वास रहेको बताए । यो बीचमा अगाडि बढ्यौं कि पछाडि गयौ भन्ने कुरा छलफल गर्नुपर्ने सुनाए । धरान भन्नेवित्तिकै एक प्रकारको जोश आउने गरेको सम्झना पनि सुनाए । नेम्वाङले तराई मधेशदेखि हिमालसम्मका विविध जाति, विविध भाषा, धर्म र संस्कृति भएकाहरूलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउन उनको आग्रह थियो ।
धरानमा नेम्वाङको थप भनाइको सारसंक्षेप
चन्द्रमा र सूर्य अंकित झण्डा । त्यतिबेला छलफल चलेको मलाई सम्झना छ, यो तीनकुने झण्डा भएन यसलाई फेर्नुपर्छ । यो चन्द्रमा र सूर्य भएन । चन्द्रवंशी र सूर्यवंशी कुनै राजाको यसमा त पसिना गन्हाउँछ १ संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने । धुमधाम छलफल चलेको थियो, कसले उठायो, उठायो । तर, धुमधाम छलफल भइसके पछाडि मैले नै प्रस्ताव राखें( जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ( तबसम्म नेपालको अस्तित्वलाई कसैले केही गर्न सक्दैन । यो भनेर यसलाई पास गरौं न । राष्ट्रिय झण्डा पास भयो । अहिले हामी राष्ट्रिय झण्डा बोकेर हिँडिरहेका छौं ।
नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसका बारेमा तपाईहरुसँग बसेर सल्लाह गरौंला । छलफल गरौंला । मैले यति भनेर राख्न खोजेको कुरा के हो त भन्दा हाम्रा छिमेकका त्यति ठूलो देश दास तर नेपाल कहिल्यै, कसैको दास बनेन । सदा सर्वदा स्वतन्त्र रह्यो । यसको एउटै कारण हो, तराई मधेसदेखि हिमालसम्मका सबै जाति, भाषा, कर्म संस्कृतिका जनता एक ठाउँमा, एकजुट भएर उभिएका छन् । त्यसैले नेपालले कसैको पनि दास बन्नुपरेन ।
प्रतिक्रिया थप्नुहोस्