काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष , सांसाद एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ
उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको । बिहान ११ बजे अन्त्येष्टि गरिने एमाले जनाएको छ ।
त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्