काठमाडौंः एक यौन भिडियोमा नाबालिगलाई देखाएको भन्दै स्पेनको प्रहरीले रियाल मड्रिडका चार युवा खेलाडीलाई पक्राउ गरेको छ ।

स्पेनको प्रहरीले खेलाडीहरूसँग सोधपुछ गरी उनीहरूको मोबाइल फोनको डाटा जफत गरेपछि छोडिएको बीबीसीले खुलाएको छ । यो भिडियोमा देखिने १६ वर्षीया बालिकाकी आमाले क्यानरी टापुमा दायर गरेको उजुरीपछि खेलाडीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रियाल मड्रिडका खेलाडीहरूलाई प्रहरीले क्लबको प्रशिक्षण केन्द्रबाट नै पक्राउ गरेको थियो ।

चार युवा खेलाडी पक्राउ परेपछि क्लबले ‘तथ्यहरूको विस्तृत जानकारी लिएपछि उचित कदम’ चाल्ने बताएको छ । पक्राउ परेका चार खेलाडीमध्ये तीन खेलाडी रियाल मड्रिडको ‘सी’ टिमको र एक खेलाडी ‘बी’ टिमको भएको बीबीसीले जनाएको छ ।

“उनीहरूलाई एक नाबालिगको यौन सामग्री भएको भिडियो वितरण गरेको शंकामा पक्राउ गरिएको थियो,” स्पेनिस प्रहरीका प्रवक्ताले भने । उक्त भिडियो ह्वाट्सएपमार्फत शेयर गरिएको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै