वैद्य,कार्की र पोखरेललाई नारी स्रष्टा सम्मान 

विराटनगर :  नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मान तीन जना स्रष्टालाई प्रदानगर्ने भएको छ ।
समाजले कविता साहित्यमा महत्वपूर्ण योगदान पुर्याएवापत २०८० सालको 'मोहनलता स्रष्टा सम्मान' कवि विमल वैद्यलाई यस्तै कविता , कथा र निबन्ध साहित्यमा महत्वपूर्ण योगदान गरेका कारण सात्यिकार श्रीबाबु कार्कीलाई २०८० सालको 'कविराज स्रष्टा सम्मान' र साहित्य सिर्जनामा सक्रिय भए वापत साहित्यकार  आरती पोखरेल अनुलाई २०८० सालको  'हेमलता स्रष्टा सम्मान' प्रदान गर्ने भएको हो । 

       सम्मानित स्रष्टाहरुलाई क्रमशः पन्ध्र हजार ,र एघारएघार हजार रुपैयाँका साथ सम्मान गरिने समाजले जनाएको छ । सम्मान मङ्सिर १ गते विराटनगरमा नारी स्रष्टा दिवसका अवसरमा प्रदान गरिने   समाजले जानकारी गराएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै