दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

दाङः दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् ।

माइक्रोबसको ठक्करबाट घाइते भएका भण्डारीको आइतबार बिहान ११ बजे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।दुर्घटनामा अटो चालकसहित अन्य चार जना बालिका घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुमतर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको माइक्रोबसले तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेनाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान करिब ९ बजेतिर टरिगाउँ विमानस्थल नजिकै ठक्कर दिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै