काठमाडौंः  मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर घाइते भएकी थिइन् । 

घाइते भएकी उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै