काठमाडौंः श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने वर्षाका कारण रोकिएको एसिया कप–२०२३ को फाइनल खेल पुनः सुरु भएको छ ।
भारतविरुद्धको फाइनल खेलका लागि भएको टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन भने सकेको थिएन ।वर्षाका कारण खेल करिब ४० मिनेट रोकिएपछि पुनः सुरु भएको हो ।
भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो । घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ ।
जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।
प्रतिक्रिया थप्नुहोस्