तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु

काठमाडौंः  तीजको कार्यक्रममा झडप हुँदा  पाल्पामा  एक युवकको मृत्यु भएको छ ।

 तिनाउ गाउँपालिका २ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीकोतीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै