फाइल तस्बिर

काठमाडौंः  आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ ।

दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ  ।
हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारेर २०७० सालदेखि देशव्यापीरूपमा विज्ञान दिवस मनाउने गरिएको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै