गङ्गाप्रसाद उप्रेती
केही दिनदेखि सामाजिक संजालमानेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशबाट ॐ  ध्वनि र वर्ण हटाइएको भनी निराधार र कपोलकल्पित हल्ला चलाई निम्न स्तरका गालीगलोज संप्रेषण गर्ने गरेका कुराले मेरो ध्यान आकर्षित भएको छ। तत्कालीन कुलपति र कुलपतिको दोस्रो कार्यकालमा नेपाली भाषा बिभागको प्रमुखको हैसियतमा त्यसबारे सत्यतथ्य के हो सो बारे सार्बजनिक रूपमा बताउन आवश्यक ठानी यो विवरण प्रस्तुत गर्दैछु।

यसरी विवादित वर्णविन्यास सच्याई विवादित विषय टुङ्गो लागिसकेको अवस्थामा मान्छेको धार्मिक आस्थासॅग जोडिएको संवेदनशील कुरामा निराधार हल्ला चलाई मुलुकमा कायम रहेको  सामाजिक एवम् सास्कृतिक सद्भाव बिथोल्न खोज्ने दुष्प्रयास कसैवाट हुनु जघन्य अपराध नै हो।


(क) शब्दकोशबाट ॐ हटाइयो भन्नेबारे 
उर्युक्त कुरा पूर्णतस् कपोलकल्पित,निराधार र झुटो हो। ने .प्र .प्र .ले संस्थागत रूपमा पहिलो पल्ट २०४० सालमा नेपाली बृहत् शब्दकोश प्रकाशित गरेको हो। त्यस मितिदेखि  वि सं २०७७ सम्म विभिन्न संस्करण गर्दै यसका दसौॅ संस्करण र पुनर्मुद्रण गरी  यो एघार पल्ट छापिएको छ। यी सबै संस्करणमा प्रयोग भएको वर्णबिन्यासलाई प्रयोग गर्दै नेपालका बिभिन्न क्षेत्रीय भाषिका, नेपालमा बोलिने बिभिन्न मातृभाषाहरूबाट नेपाली भाषामा आएका नयॉ शब्दहरू, नेपालबाहिर विशेषगरी नेपाली भाषा बोलिने भारतका आसाम, पश्चिम बङ्गाल,  सिक्किम राज्य र भारतकै बनारस, देहरादून क्षेत्र लगायत भुटान समेतका क्षेत्रमा बोलिने  स्थानीय भाषाका सम्पर्कबाट नेपपाली भाषामा आई पचेका शब्दहरूसमेत सङ्कलन र सम्पादन गरी पहिला प्रकाशित शब्दकोशका प्रविष्टिमा दोब्बर प्रविष्टि थप गरी नयॉ परिवर्तनका सनदर्भमा प्रविष्टिका अर्थ समेत लेखन गरी २०७९ सालमा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशको नाममा प्रकाशित गरी यसलाई मोबाइल एप्समा समेत राखिएको छ।
यसरी प्रतिष्ठानबाट प्रकाशित सवै संस्मरण र कोशमा ओम प्रविष्टि यथावत छ, हटाइएको छैन। पछिल्लो पल्ट प्रकाशित शब्दकोशमा त प्रतिष्ठानले बनाएको प्रज्ञा मन्जरी फनन्टमा अ,उ,मको संयुक्त उच्चारणबाट उत्पन्न वैदिक ध्वनि ओमलाई अक्षरकै रूपमा उतारी अर्थसहित पाना २७० मा हुबहुआकारमा दिइएको छ।त्यसर्थ उल्लिखित ओम हटाइयो भन्ने हल्लाबाट प्रष्ट हुन माथि उल्लिखित शब्दकोशका संस्करणका सम्बन्धित पाना हेर्नुहोला अथवा पछिल्ला संस्करणामका मोबाइल एप्सबाट पनि हेर्न सक्नुहुनेछ।
   (ख) यो हल्ला कुन पृष्ठभूमिमा चल्यो होला त ?

दसौ संस्करणमा सच्याइएको वर्णविन्यासलाई नै पालनगरी नेपाल सरकार शिक्षा मन्त्रालयले आफ्ना पाठ्यपुस्तकको वर्णविन्यास सच्याई पाठ्यसमाग्री प्रयोगमा ल्याइसकेको छ।


२०६३को परिवर्तनपछिको प्रज्ञा प्रतिष्ठानमा नयॉ नेतृत्व आइनसकेको अवस्थामा आन्दोलनपछिको सरकारले आफ्नो पाठ्यक्रम विकास केन्द्र अन्तर्गतको नेपाली भाषा बिषय समिति मार्फत  त्रि वि को तत्कालीन कन्द्रीय स्तरका अनिवार्य नेपाली विभाग र नेपाली विभागको परामर्शमा पूर्व प्रचलनमा रहेका वर्णविन्यासमा फेरबदल गरी सोहीअनुरूप विद्यालय तहका नेपाली विषयका पाठ्यपुस्तक बनाई प्रयोगमा ल्याएको रहेछ।र वर्णविन्यासको यस्तो प्रयोगको व्यापक विरोध भएकै बेलामा वि सं २०६७मा नयॉ नेतृत्व आएपछि हामीले नेपालका विशिषट भाषाशास्त्त्री,नेपाली भाषाका प्रयोगकर्ता, विद्यलय र विश्वविद्यालयका शिक्षक,प्राध्यापक,लेखक साहित्यकार र नेपालीभाषा पढाइने भारतका विश्वविद्यालय र विद्यालयमा नेपाली भाषापढाउने शिक्षक,प्राध्यापक,लेखक ,भाषिक अभियन्ताको बृहत् भेला गरी तीन दिने भाषिक विमर्श गराई सबैको सहमतिमा हाललाई मानक वर्णविन्यास निश्चित गरीअब उता सोही वर्णविन्यास लागु गर्न सबैलाई आह्वान गर्यौ। (विस्तृत जानकारी प्रतिष्ठानबाट प्रकाशित  नेपाली भाषा संगोष्ठी २०६७ बाट लिन सकिन्छ )र प्रतिष्ठानका शब्दकोश पनि सोही बमोजिम बनाउने निर्णयअनुसार प्रतिष्ठानको शब्दकोशका सातौ र आठौ संस्करण अद्यावधिक गरी छापिए। सम्मेलनको सोही समझदारी बमोजिम आफ्ना प्रकाशन अद्यावधिक गराउन नेपाल सरकारलाई अनुरोध पनि पठायौॅ।त्यतिबेलासम्म म प्रतिष्ठानको उपकुलपति र नेपाली भाषा बिभागको प्रमुख थिए। 

दसौ संस्करणमा प्रयेग भएको वर्णविन्यास प्रयोग गरी नयॉ बृहत् आकारको प्रज्ञा नेपाली बृहत् शब्दकोश पनि वि सं २०७९ मा प्रकाशित भई त्यसलाई मोबाइल एप्समा पनि राखिएको छ।

वि सं २०७० मा म प्रतिष्ठानको कुलपति भएपछि प्रतिष्ठानको नेपाली भाषा ,कोश तथा व्याकरण बिभाग हेर्ने जिम्मा अर्कै व्यक्तिले पाउनुभयो।उहॉले प्रतिष्ठानमा आउनुअघि त्रि वि को कन्द्रीय अनिवार्य नेपाली समितिको प्रमुख र शिक्षा मन्त्रालयको पाठ्यक्म विकास केन्द्रको नेपाली विषयको प्रमुख भई काम गरिसक्नु भएको रहेछ। उहॉले प्रतिष्ठानको शब्दकोशको नवौॅ संस्करण प्रकाशन गर्नेक्रममा प्राज्ञपरिषद्को जानकारी बेगर मन्त्रालयमा प्रयोग गराएको आफ्नै निजी वर्णविन्यास प्रयोग गरी विशेषगरी संयुक्तवर्ण व्यवस्थापन गर्नेक्रममा प्रचलित पध्दतिमा विचलन ल्याई ,पदयोग वियोग सहित ह्रश्वदीर्घको प्रयोगमा पनि आफ्नै मान्यता लागु गरी शब्दकोशको नवौ संस्करण प्रकाशित ९२०७२०गर्नुभएपछि त्यसमा भाषाका प्रयोगकर्ता,शिक्षक,प्राध्यापक तथा प्राज्ञिक व्यक्तित्वहरूले व्यक्तिगत एवम् संस्थागत रूपमा विरोध जनाए। 
त्यस्तो विरोधबाट प्रतिष्ठानको ध्यान आकर्षण भएपछि तत्कालीन कुलपतिको हैसियतमा मैले भषाशास्त्री प्राडा चूडामणि बन्धुको संयोजकत्वमा विज्ञहरूको समिति गठन गरी शब्दकोशको नवौ संस्करणमा भएका विचलनको पहिचान गरी  यो अधिका संस्करण समेतमा सुधार गर्नुपर्ने देखिए सो समेत उल्लेख गरी सुझाउसहित प्रितिवेदन पेस गर्न अनुरोध गरेॅ।सो समितिले पनि शब्दकोशको नवौ संस्करणसहित यो अघि प्रकाशित संस्करणको अध्ययन गरी विचलन भएका कुरा देखाई नवौ संस्करण सच्याउन आवश्यक भएको उल्लेख गरी प्रतिवेदन दिएपछि म कुलपति आफै संयोजक भई प्रा गोपीकृष्ण शर्मा,डा तुलसीप्रसाद भट्टराई,प्राडा हेमनाथ पौडेल र डा कर्णाखर खतिवडा समेत रहेको समितिले तयार पारेका सच्चाउनुपर्ने वुॅदाहरू प्राज्ञ परिषद्बाट अनुमोदन गराई नवौ संस्कणमा विचलनमा रहेको वर्णविन्यास सच्याई शब्दकोशको दसौ संस्करण वि सं २०७५ र यसको पुनर्मुद्रित संस्करण २०७७ सालमा प्रकाशित भए ।

दसौ संस्करणमा प्रयेग भएको वर्णविन्यास प्रयोग गरी नयॉ बृहत् आकारको प्रज्ञा नेपाली बृहत् शब्दकोश पनि वि सं २०७९ मा प्रकाशित भई त्यसलाई मोबाइल एप्समा पनि राखिएको छ। दसौ संस्करणमा सच्याइएको वर्णविन्यासलाई नै पालनगरी नेपाल सरकार शिक्षा मन्त्रालयले आफ्ना पाठ्यपुस्तकको वर्णविन्यास सच्याई पाठ्यसमाग्री प्रयोगमा ल्याइसकेको छ।
२०७२को वर्णविन्यासको विषयलाई आधार बनाई केही व्यक्तिले  वर्णविन्यास सुधारका कुरालाई अनदेखा गरी त्यतिबेलै सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गराएका रहेछन्। 
प्रज्ञा प्रतिष्ठानलाई समेत विपक्षी बनाइएको रिटमा कारण देखाऊ भन्ने सामान्य प्रकारकोआदेश भएको र सोबारे प्रतिष्ठानलाई जनकारी प्राप्त भएको हो। सो रिटमा अन्तरिम आदेश भएको होइन। त्यस्तो कुनै आदेश भएको जानकारी प्रतिष्ठानलाई छैन। सम्मानित अदालतले मागेको जानकारी सहित विवादित वर्णविन्यास सच्याई शब्दकोशको नयॉ संस्करण प्रकाशित भइसकेको जानकारी र त्यतिबेला लिएका निर्णयसहितका कागजात प्रतिष्ठानका कानुनी सल्लाहकार मार्फत  त्यतिबेलै सम्मानित अदालतलाई पठाइसकिएको हो। 

विवेक हामी मान्छेको सर्वश्व हो।विवेक गुमाएर पशु हुने कर्म हामी कसैले नगरौॅ ।
 

मुद्दाका चापका कारणले हामी कार्यरत रहदासम्म मुद्दा पेसीमा चड्न सकेको थिएन।त्यस यता के हुदैछ वर्तमान नेतृत्वलाई थाहा होला।सर्वोच्चमा परेको रिटमा कुनै पनि रिट निवेदकले अहिले हल्ला भए जस्तो ओम प्रविष्टि कोशबाट हटाएको वा हटाउन लागेको कुरा आफ्नो निवेदनमा उल्लेख गरेका छैनन् । हुदै नभएको कुरा उल्लेख हुने सन्दर्भनै थिएन। रिटमा उठाइएका कुरा सच्चिइसकको जानकारी सम्मानित अदालतलाई भइसकेकाले सोही बमोजिम उचित समयमा अदालतबाट निर्णय होला नै।

यसरी विवादित वर्णविन्यास सच्याई विवादित विषय टुङ्गो लागिसकेको अवस्थामा मान्छेको धार्मिक आस्थासॅग जोडिएको संवेदनशील कुरामा निराधार हल्ला चलाई मुलुकमा कायम रहेको  सामाजिक एवम् सास्कृतिक सद्भाव बिथोल्न खोज्ने दुष्प्रयास कसैवाट हुनु जघन्य अपराध नै हो।यस्तो कुरा सभ्यसमाजमा क्षम्य हुदैनन्।
विवेक हामी मान्छेको सर्वश्व हो।विवेक गुमाएर पशु हुने कर्म हामी कसैले नगरौॅ ।आधारहीन हल्लाको खेती नगरौॅ र सत्यतथ्य नवुझी हल्लाका पछि नलागी जताततै जोकोही बिरूध्द विष बमन गरी कुसंस्कारको प्रदर्शन नगरौॅ ।

                                                                                                                                   

                                                                                                                           लेखक नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुन । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै