राहत शिक्षकहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप

काठमाडौं : राहत शिक्षकहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।बुधबार बानेश्वरमा आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा पुगेका शिक्षकहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।

आफूहरूले उठाएका माग सम्बोधन गर्न शिक्षा विधेयक परिमार्जन गरिनुपर्ने उनीहरूको भनाइ छ। राहतलाई दरबन्दीमा परिणत गरी शतप्रतिशत नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने र अस्थायी सेवा अवधि गणना गरिनुपर्नेजस्ता माग राहत शिक्षकहरूको छ।

सरकारले गत असोज ३ देखि ५ गतेसम्म नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भएपछि छ बुँदे सहमति गरेको थियो। उक्त सहमति अपुग रहेको भन्दै राहत शिक्षकहरू भने आन्दोलनमा छन्।


प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि शिक्षकहरूले बानेश्वरको सडकमा अवरोध गरेका छन्।केही दिन देखि राहत शिक्षकहरूले सडकमा उत्रिएर प्रदर्शन गरेका छन्।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै