ग्लोबल कन्सल्टले खोल्यो, अष्ट्रेलियाको पारामाटामा  नयाँ शाखा

काठमाण्डौं : भिसा र माइग्रेशनमा काम गर्दै  आएको  ग्लोबल कन्सल्टले अष्ट्रेलियाको पारामाटामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।
पारामाटामा आयोजित एक  समारोहमा ग्लोबल कन्सल्ट नेपालका अध्यक्ष विश्वनाथ पौडेलले नयाँ शाखाको समुदघाटन गरे ।
उदघाटन समारोहमा पारामाटा शाखाका प्रबन्ध निर्देशक रमेश थापाले अष्ट्रेलियाको पारामाटा क्षेत्रमा रहेका विद्यार्थीलाई सजिलो होस भन्ने उदेश्यले नयाँ शाखा स्थापना गरेको जानकारी दिए ।
निर्देशक आशिषजंग थापाले  ग्लोबल विद्यार्थी कन्सल्टका हरेक शाखाहरुले भिसा, स्किल भिसा, डिपेन्डेट भिसा, कम्बाइन्ड भिसा , भिजिटर भिसा लगायत सवै भिसा र माइग्रेशनको सेवा उपलव्ध गराउने बताए ।

ग्लोबल कन्सल्टले अष्ट्रेलियाको सिड्नी, तासमानिया, क्यानबेरा, पर्थ र नेपालमा पोखरा, चितवन, बारा, पुतलीसडक र मीनभवन काठमाण्डौंमा शाखा स्थापना गरिसकेको छ ।
ग्लोबल कन्सल्टका फिलिपिन्स र भुटानमा समेत  शाखाहरु रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै