काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली वर्षा हुने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, मधेस र वाग्मती  प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

नेपालबाट मनसुन बाहिरिन बाँकी रहेको र भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र बनेका कारण नेपालमा केही दिनदेखि लागातार वर्षा भइरहेको मौसमविद् विभागले जनाएकोछ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै