काठमाडौंः नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’ डिशहोममा हेर्न सकिने भएको छ । दीपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङलगायतको अभिनय रहेको चलचित्र ‘छक्का पञ्जा–४’ डिशहोम सिनेमाघर च्यानल नं। १०८ मा असोज १९ गते देखि प्रदर्शन भइरहेको छ ।
‘प्रकाश’ ‘कृष्ण लिला’, ‘नाईं नभन्नु ल–६’, ‘प्रसाद–२’, ‘लाखे’, ‘घन चक्कर’, ‘मन्त्र’, ‘राधा’, ‘गुञ्जन’, ‘तिम्रो मेरो साथ’, ‘पासो’, ‘ह्यारिकी प्यारी’, ‘काँडेतार’, ‘गणपति’ लगायत चलचित्र डिशहोम सिनेमाघरको साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन हुने डिशहोमले बताएको छ । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाइ मार्फत सेवा लिएर र आफ्नै मोवाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिनेछ ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँनयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं। १०८ को टिकट निःशुल्क पाउन सकिनेसमेत कम्पनीले जनाएको छ ।
तीन महिनाका लागि एक हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा ३२५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बराबरका २ ओटा मुभी टिकट र १२ महिना अथवा पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बराबरका चारवटा मुभी टिकट पाउन सक्ने डिशहोमले बताएको छ ।
प्रतिक्रिया थप्नुहोस्