काठमाडौं : प्रेमध्वज प्रधान फाउन्डेसनद्वारा विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान प्रदान गरेकोछ । प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले गीतकार प्राज्ञ उन्नती बोहरा 'शीला'संगीतकार प्राज्ञ प्रदीप बमजन, गायक आनन्द कार्की, कलाकार रमेशनाथ खनाल, नायकहरु कृष्ण मल्ल र रविन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, विश्व कीर्तिमानी सर्जक डा डीआरउपाध्याय, कवि एवं समाजसेवी विसन थापा, अशोक प्यासी राई, साहित्यकारहरु जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, देवीभक्त श्रेष्ठ, फूलमान बल, युवराज अधिकारी, लाक्पा फुटी शेर्पालाई सम्मान प्रदान गरेका छन्।
फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै सम्मानितहरुको परिचय गराएका थिए ।
यसैगरी कार्यक्रममा बुद्दशान्त पार्क निर्माणमा सहयोगीहरु समाजसेवी शंकरराज पाण्डे, विनन्द बैद्य, सुन्दर श्रेष्ठ, सुर्जुदेवी बज्राचार्य, रुकशाना महर्जन, गणेशमाया महर्जन, राम श्रेष्ठ, मंगलदास श्रेष्ठ, कल्याण दवाडी रजनी मल्लीलाई पनि कदरपत्र प्रदान गरियो ।
वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु भएको कार्यक्रमको संचालन कवि मुरारि सिग्देलले गरेका थिए ।
प्रतिक्रिया थप्नुहोस्