केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ घण्टा खुल्ने

काठमाडौंः  त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने भएको छ ।

गत शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठकले केन्द्रीय पुस्तकालयको –एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय गरेको छ ।

त्यसको साथै केन्द्रीय पुस्तकालय कार्यालय समय भन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहनेछ ।त्रिविका नियमित विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारीहरुको हकमा नियमित कार्यालय समय जस्तै शनिबार ९सार्वजनिक बिदाको दिन बाहेक० पनि पुस्तकालय अध्ययनका लागि खुला रहने छ ।

त्यस्ता दिन अध्ययन गर्न आउने पाठकहरुले अनिवार्य रुपमा परिचयपत्र ल्याुनपर्नेछ । पुस्तकालय कक्षा २४ सै घण्टा सातै दिन खुला हुनुपर्ने माग राख्दै त्रिवि कीर्तिपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले करिब एक हप्ता रचनात्मक आन्दोलन गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै