आइसिसी टी २० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध तेस्रो विकेट

काठमाडाैंः कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मलेसियाविरुद्ध नेपालका सन्दीप लामिछानले तेस्रो विकेट लिए। सन्दीपले विरनदीप सिंहलाई ४ रन बनाउँदा एलबिडब्लूको धरापमा पारे।

त्यसअघि नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो। नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे। अर्को ‌ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो। 

मलेसियाले तेस्रो विकेट गुमाउँदा १०.१ ओभरमा ३ विकेटको क्षतिमा ८५ रन जोडेको स्थिति थियो। समूह ए मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।

समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी(२० विश्वकप खेल्नेछ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै