काठमाडौंः  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र साधारणसभाबाट पारित भएपछि वितरण हुने ।

कम्पनीले चालु आर्थिक वर्षको ३ महिनाको वित्तीय विवरण पनि यसअघि सार्वजनिक गरेको छ । जसअनुसार ७६ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जबकि गत वर्ष सो अवधिमा ६६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । ब्याज खर्च घटाउँदा कम्पनीले यो तीन महिनामा खुद ७० करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको सो अवधिमा यस्तो आम्दानी ६५ करोड ५७ लाख थियो । पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको रेगुलेटरी प्रोभिजन भने बढेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै