काठमाडौंः  स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै