काठमाडौंः नेकपा एमालेले भोलि बुधबार दिउँसो सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा सवा १२ बजे सचिवालय बैठक बोलाइएको कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, आगामी केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो ।

आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस लगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै