काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन् । सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् ।
उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तरीयताको मापन गरी पठाउन आग्रह गरेका छन् । सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन उनको आग्रह छ ।
प्रतिक्रिया थप्नुहोस्