दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गनेृ  प्रक्रिया अगाडि बढायो

काठमाडौं : आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणले मन्त्रालयको पत्र पाएसंगै टिकटक बन्द गर्ने  प्रक्रिया अघि बढेको छ ।

नेपालमा एप र वेबसाइट ९वेब० गरी दुई माध्यमबाट टिकटक चल्ने गरेको छ । प्राधिकरणले दुवै माध्यम बन्द  गर्ने भएको छ  ।

 प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गर्न लागेको र तत्कालैदेखि टिकटक बन्द हुने उनले  बताइएको छ । 

सेवा प्रदायकहरुले वेबसाइट र एपमा पहुँच रोक गरेसँगै टिकटकको एप र वेब दुवै खुल्ने छैनन् । नेपालमा लाखौँको संख्यामा टिकटकका प्रयोगकर्ताहरु रहेका छन् । अमेरिका, क्यानडा, बेलायतलगायत देशमा सरकारी उपकरणहरुमा टिकटकको प्रयोग प्रतिबन्ध छ ।

भारतमा भने टिकटक पूर्णरुपमा प्रतिबन्धित छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै