चलचित्र ‘दिमाग खराब’का टिमको पत्र संघलाई आएको छैन् : द्वितीय उपाध्यक्ष कायस्थ

काठमाडौं : सिनेमा हलहरूको संस्था नेपाल चलचित्र संघका द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थले आफूहरूलाई चलचित्र ‘दिमाग खराब’का टिमको कुनै पनि पत्र नआएको बताएका छन् । उनले शोज बाँडफाँटमा अन्याय भयो भन्ने पत्र प्राप्त संघमा  नआएको बताएका छन् । 

कायस्थले भने “ फेसबुकमा बोल्ने र विज्ञप्तिबाजी गरेर हुँदैन,निर्माता र निर्देशकले हामीलाई अन्याय भयो भनेर विधिवत रूपमा निवेदन दिनुपर्छ ।”

पर्याप्त शोज नपाएको भन्दै निर्देशक निश्चल बस्नेतले प्रेस विज्ञप्ति नै निकालेर शुक्रबारबाट चलचित्र ‘दिमाग खराब’ हलबाट उतार्ने चेतावनी दिएका थिए । विदेशी सिनेमा सरह शोज नपाए हलबाट सिनेमा उतार्ने निश्चलको चेतावनी थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै