काठमाडौंः  फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा अग्रता जोगाउन नसक्दा ब्राजिल कोलम्बियासँग २–१ ले पराजित भएको छ ।

शुक्रबार कोलम्बियाको स्टाडियो मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले १–० ले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । खेलको चौथो मिनेटमा नै ग्याब्रियल मार्टिनेलीले गरेको गोलबाट ब्राजिलले पहिलो हाफमा अग्रता बनाएको थियो । तर, ब्राजिलले दोस्रो हाफमा दुई गोल व्यहोर्‍यो । ७५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

त्यसको चार मिनेटपछि डियाजले नै गरेको गोलबाट घरेलु टिमले २–१ को अग्रता बनाएको थियो ।जारी विश्वकप छनोटमा ब्राजिलको यो दोस्रो हार हो । पाँच खेलबाट सात अंकको ब्राजिल तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट नौ अंकको कोलम्बिया तेस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटमा शुक्रबार नै भएका अन्य खेलमा बोलिभियाले पेरुलाई २–० ले हराउँदा भेनेजुएला र इक्वेडर तथा चिली र पराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै