काठमाडौंः जिल्लाको कुश्मा नगरपालिकाकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ ।
कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपालीको आगोले जलेर शुक्रबार मृत्यु भएको हो । भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्