काठमाडौंः स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै