बाँकेमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लियो

काठमाडौंः बाँके प्रहरीले गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिएको छ । 

कोहलपुरमा केही दिनअघि मीनबहादुर विकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोप लागेका आकाशजंग रानालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो।प्रहरीको खोजीको सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

तीन राउन्ड गोली प्रहार गरेकोमा एउटा गोली उनको घुँडामुनि लागेको डाँगीले बताए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै