हेटौँडामा कवि प्रेरणाको एकल कविता वाचन सम्पन्न


हेटौँडा : हेटौँडामा कवि एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि प्रेरणा एकल कविता वाचन गरेका थिए । मकवानपुरको टेक्कर सिस्नेरीमा जन्मेर हेटौँडामा स्कुले जीवन बिताएका प्रेरणाले करिब पाँच दशकदेखि नेपाली साहित्यका विविध विधामा निरन्तर  साभना गर्दै आएका छन् ।  

 हाल अमेरिका बसोवास गर्ने गर्छन्  प्रेरणाले  विभिन्न समयमा विभिन्न देशमा रहँदा लेखेका आमा, छुटेको रेल, क्यारोलिना, फिर्ती टिकट लगायतका १० कविता वाचन गरेका थिए  ।
उनले उक्त कार्यक्रममा आफूमा  हेटौँडा छँदै सिर्जनाका बीउ टुसाएको र काठमाडौंमा सिर्जनाको अबसर मिलेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विभिन्न देशमा रहेर कविता लेखिरहेका प्रेरणाले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिएको बताए । यस्तै सङ्गम अध्यक्ष डीबी बर्तौलाले  साहित्यकार प्रेरणाको एकल वाचनको कार्यक्रम राख्न पाउँदा गर्व लागेको बताए ।
उक्त  कार्यक्रमको संचालन  संस्थाकी सहसचिव भवानी तिमल्सिनाले  गरेकी थिइन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै