काठमाडौं : त्रिमूर्ति निकेतनले साहित्यकार एवं कवि प्रा मुकुन्दशरण उपाध्याय, रंगकर्मी  हरिबहादुर थापा र कवि जय पाण्डेलाई पुरस्कृत गर्ने भएको छ ।निकेतनले  छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्काव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गरे वापत कवि उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ,
भने  बहुचर्तित मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्दै लाट्यक्षेत्रका विशेष योगदान गरे वापत  रंगकर्मी थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसै गरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउने र कविता साहित्यमा विशेष योगदान गर्ने   विराटनगर निवासी पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेको  निकेतनका महासचिव एवं साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए । 

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष एवं साहित्यकार इन्दिरा प्रसाईको अध्यक्षतामा हालै बसेको  बैठकले उक्त  निर्णय गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै