कतारमा कवि कृसु क्षेत्रीको  एकल कविता वाचन सम्पन्न 


काठमाडौं  : कविता साहित्यका लोकप्रिय कवि कृसु क्षेत्रीको कतारको राजधानी दोहामा एकल कविता वाचन  कार्यक्रम सम्पन्न भएको छ । कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना एक दर्जन कविता वाचन गरेका थिए । 
 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैरआवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । 

कवि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कुटनीतिक जिम्मेवारी सम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा विशेष योगदान  दिएको उल्लेख गरे । 
कविता मार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण  गर्दै आएका  उनका आधा दर्जन कविताका कृति प्रकाशित छन् । उनका 'बोधिसत्तवको मृत्युउत्सव' , 'आगोको मूच्र्छना' र 'चराको गीत' जस्ता चर्चित  कविताकृतिहरु चर्चित छन् । 
सो अवसरमा  आयोजक संस्थाले कवि क्षेत्रीलाई  सम्मान समेत गरेको थियो ।  । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै