भारतीय विश्वप्रसिद्ध गीतकार समीर अन्जानलाई काठमाडौंमा सम्मान

काठमाडौं : भारतीय विश्वप्रसिद्ध गीतकार  समिर अन्जानलाई काठमाडौंमा सम्मान गरिएको छ । उनलाई  लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालले सङ्युक्तरुपमा सम्मान गरेका हुन । 

विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाभएका समिरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।उनले लेखेका करिख पाँच समय गीतहरु आज पनि सर्वाधिक सुनिने गीतमा पर्दछन् । 

सो समारोहमा गीतकार समिरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमाल र पहाडबीचबाट काठमाडौं उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताए । गीतका समीर  उद्योगी एवं कवि  वसन्त चौधरीको निमन्त्रणामा पहिलोपटक नेपाल आएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं गीतकार एसपी कोइरालाले धिमेकी देश भारतका उक जना विश्वप्रसिद्ध गीतकारलाई सम्मान गर्ने अवसर पाउँदा नेपाली गीतकारहरु गर्वको महसुस गरेको बताए ।  
उक्त कार्यक्रमलाई नाट्यकर्मी हरिहर शर्माले मन्तव्य सहित स्वागत गरेका थिए ।  कार्यक्रममा कवि चौधरीले समीरको गीति सिर्जनयात्राका बारेमा जानकारी दिँदै समीरको सिर्जनाशक्ति आश्चर्यलाग्दो भएको बताए ।

कार्यक्रमका सभापति एवं संघका अध्यक्ष वसन्त वित्यसी थापाले संगले गीतसंगीतको उत्थानमा नयाँ ढंगका काम गर्दै आएको बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै