काठमाडौंः चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र कप्तान इन्दु वर्माले १२ रन बनाइन् ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिए ।

११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका निम्ति अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी संगीता राई, इन्दु वर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक एक विकेट लिए । महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै