काठमाडौंः स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । छापावाल सुन तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन भने एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्