काठमाडौंः टर्की प्रहरीले इस्तानबुलबाट १७ आईएस संदिग्धलाई पक्राउ गरेको छ ।
टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको ‘अपरेसन’मा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बद्ध १७ संदिग्धलाई पक्राउ गरिएको इहलास समाचार एजेन्सीले जनाएको छ । प्रहरीले आईएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीलाई लक्षित गरी नौ जिल्लामा छापा मारिएको इहलासले जनाएको छ ।
प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिएको छ भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताइएको छ । टर्कीले सन् २०१३ मा आईएसलाई आतंककारी समूहमा सूचीकृत गरेको थियो । चरमपन्थी समूहले धेरैपटक आक्रमण गरेको छ ।
जवाफमा टर्की अधिकारीहरूले आतंकवादविरोधी अभियान जारी राखेका छन् ।
प्रतिक्रिया थप्नुहोस्