काठमाडौं : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् । घाइते ५ जनाको अवस्था गम्भीर छ ।
रुकुम प्रहरीका अनुसार आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका(८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ।
प्रतिक्रिया थप्नुहोस्