काठमाडौं : बझाङमा  भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४।५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर परकम्प हो । गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्पको गएको थियो । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जानकारी गराएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै