थप १२ सय ७२ जनामा कोरोना संक्रमण : १६ जनाको मृत्यु


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप  १२७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ad

आज थप १५७५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको कूल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । 


पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

अहिले देशभर क्वरेन्टिनमा ५३७ जना रहेका छन् । अहिलेसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।  सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको मन्त्रालयले जनाएको छ । 


काठमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण पुष्टि 
उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४  घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा संक्रमण पुष्टि भएको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै